१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलअघि प्रशिक्षक भन्छन्, ‘हरेक खेल ०–० बाट सुरु हुन्छ र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ’


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल अन्तर्गत नेपालले केही बेरमा जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

फिफा बरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपालले ९५ औं स्थानमा रहेको जोर्डनसँग बेलुकी पौने १० बजे कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशाला भिड्दैछ ।

यसअघि जोर्डनसँग भएको तीनमा तीनवटै खेल जोर्डनले जितेकाले पनि उसको मनोवल उच्च छ । यद्यपि पहिलो खेलमा चाइनिज ताइपेईलाई २ गोलले पराजित गरेको नेपालले दोस्रो खेल पनि जित्ने लक्षका साथ मैदान उत्रँदैछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको लक्ष्य जित रहेको बताएका छन् । आफूहरू वरीयतामा धेरै तल भए पनि जितका लागि खेल्ने उनको भनाइ थियो । उनले भने, ‘हरेक खेल ०–० बाट सुरु हुन्छ र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ ।’

आफूहरूको उदेश्य एसिया कप भएको र त्यसका लागि जित अपरिहार्य भएको उनको भनाइ छ ।