
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले जोर्डनसँग प्रतिस्पर्धाका लागि सुरुवाती ११ खेलाडी सार्वजनिक गरेको छ ।
पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा जोर्डनविरुद्धको टीममा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । चाइनिज ताइपेईविरुद्ध सुरुवाती–११ मा रहेका रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठ बेन्चमा रहँदा फरवार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवास सुरुवाती–११ मा परेका छन् ।
टीममा डिफेन्डर रोहित चन्द, अनन्त तामाङ, बिकाश खवास, दिनेश राजवंशी रहँदा मिडफिल्डमा पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्यालले खेल्नेछन् । यस्तै, टीमले अन्जन विष्ट, सुमन लामा र अभिषेक रिजाललाई फरवार्डको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्