१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल जोर्डनसँग ३–० ले पराजित


0
Shares

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जिताउने क्रममा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले फ्रिकिक मार्फत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए ।

यस्तै, खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाएका हुन् ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ ।

छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो ।

जितसँगै समूह ’बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । त

र, नेपालको एसियन कप छनोटको सम्भावना भने अझै कायम रहेको छ ।