१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानडामा गोली प्रहारबाट एकै परिवारका चार जनाको हत्या


13
Shares

एजेन्सी । क्यानडामा गोली प्रहारबाट चार जनाको हत्या भएको छ ।

ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बीबीसीले जनाएको छ ।

घटनामा नौ वर्षका बालक गम्भीर घाइते भएका छन् । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

सन् २०१७ मा पनि क्युबेक शहरको एक मस्जिदमा भएको आक्रमणमा ६ जनाको हत्या भएको थियो ।

पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

क्यानडाली मुस्लिमहरुको संस्था नेशनल काउन्सिल (एनसीसीएम) ले घटनाको निन्दा गर्दै अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण रोक्न प्रशासनसँग आग्रह गरेको छ ।

एनसीसीएमले मुस्लिम भएकै कारण निदोषहरुको हत्या भएको भन्दै सुरक्षा निकायको निन्दा गरेको छ ।