२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु


0
Shares

एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ ।

आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।