१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन


0
Shares

काठमाडौं । वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। कोरोना संक्रमणका कारण करुणा अस्पतालमा आइसियूमा उपचारको क्रममा सिंको हिजो साँझ निधन भएको हो।

५३ वर्षीय सिं संस्कृति र इतिहासका ज्ञाता हुनुहुन्छ। साथै यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा क्रियाशील हुनुहुन्थ्यो। उहाँका चित्रकला बालसाहित्यसम्बन्धी थुप्रै किताबमा समेत समेटिएको छ।

हालसालै काठमाडौं महानगरपालिकाले जार गरेको स्थानीय तहको पाठ्यक्रममा काठमाडौंको कला, संस्कृति र परम्परा झल्कने चित्रहरु उहाँले नै बनाएको हो। उहाँ बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव र नेपाल बाल साहित्य समाजका सदस्य हुनुहुन्छ