
काठमाडौं । देशमा पश्चिमी र पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाे छ ।
आज देशभर आंशिक बदली भएर केही स्थानमा वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार प्रदेश १, २ बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली भएर केही स्थानमा वर्षा हुने र बाँकी भागको मौसम सामान्यतय सफा रहने छ ।
हाल देशका केही पहाडी भू – भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।
काठमाडौं उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रहेकाे छ भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्