३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


असिना पीडित किसानले अझै क्षतिपूर्ति पाएनन्


0
Shares

धनकुटा । धनकुटाका असिना पीडित किसानले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।

दुई महिनाअघि परेको असिनापानीले जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका किसानले लगाएको अन्नबाली सखाप पारेपछि स्थानीय तहले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो ।

४८ करोड रुपैयाँको फलफूल र तरकारीबाली नष्ट भएको विवरण कृषि शाखाले सार्वजनिक गरेको थियो ।

स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले समेत असिना पीडित क्षेत्रको अवलोकन गर्दै मल–बीउ, सहुलियत कर्जा र क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएको थियो ।

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले भने असिना पीडित किसानलाई क्षतिपूर्ति दिन पहल भइरहको बताउनुभयो ।