
किरण थापा
सिन्धुपाल्चोक । कोरोना कहरकाबीच पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले विकास निमार्णलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निमार्णका कामलाई तीव्रता दिएको हो ।
गाँउपालिकामा भित्र सडक, खानेपानी, भवन, सिँचाइ, पदमार्ग, पुल, नदी नियन्त्रण लगायत पूर्वाधार आयोजनाको काम निरन्तर भईरहेको छ ।
खुल्ला ठाँउमा हुने पूर्वाधार विकासका काम लाई गाउँपालिकाले निरन्तरता दिएको हो ।
आयोजनाका लागि निर्माण सामग्री तथा आवश्यक उपकरणहरुको जोहो गरेर कामलाई निरन्तरता दिएको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले जानकारी गराउनुभएको छ ।
जेठ महिना लागेपछि वडा नम्बर १० मा सडक कालोपत्र गरिएको छ । सघं, प्रदेश र स्थानीय तहका पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा छन् ।
सकेसम्म स्थानीय स्तरमा रहेका कामदारहरुको प्रयोग गरेर विकास निर्माणको कामलाई निरन्तरता दिइएको गाँउपालिकाका प्राविधिक राजाराम घोरासैनीले बताउनुभयो ।
गाँउपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, ईन्द्रावती बृहद खानेपानी आयोजनाको कामलाई निरन्तरता दिएको छ ।
१० वट मध्य कतिपय वडाहरुमा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट सडक, खानेपानी, भवन, सिँचाइ, पदमार्ग र नदी नियन्त्रण लगायत पूर्वाधार आयोजनाको काम सकिएको छ भने कतिपय वडामा भइरहेका छन् ।
गाउँ घरमा विकास निर्माणका काम नरोकिपछि निषेधाज्ञा जारी भएपनि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न तर काम गर्न सक्ने घर परिवारलाई खासै समस्या नपरेको वडा नम्बर ११ का वडा अध्यक्ष मने माझीले बताउनुभयो ।
कोरोना संक्रमणको त्रासकै बिचमा भएपनि गाउँपालिकाले विकास निर्माणको काम गर्दा विकास निर्माण मात्र नभएर स्थानीयलाई समेत रोजगार प्रदान भएको छ ।
ईन्द्रावती गाउँपालिकाको सिको अरु स्थानीय तहरुले पनि गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्