१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


स्याङ्जा सहयोग समाजद्वारा ११ वटै स्थानीय तहमा १० लाख बढिको स्वास्थ्य सामाग्री वितरण


0
Shares

सागर न्यौपाने

स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विपदमा संगसंगैु भन्ने नारा लिएर आपतकालिन राहतकोष सुरु गरेकोमा यसले सार्थक रुप लिएको छ। विश्वभरि रहेका स्याङ्जालि हरुको सहयोगमा कोरोनाको दोस्रो भेरियेण्ट पश्चात १० लाख रुपैँया भन्दा बढिको स्वास्थ्य सामाग्री स्याङ्जाका ११ वटै स्थानिय तहमा हस्तान्तरण गरिएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, फेदीखोला, आँधिखोला र अर्जुनचौपारी गाउँपालिकालाई ३/३ वटा ४० लिटरका अक्सिजन सिलिण्डर र विरुवा, हरिनास र कालिगण्डकी गाउँपालिकालाई ५/५ लिटरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको छ । त्यसैगरी समाजले जिल्लाका सबै पालिकाहरुलाई १०/१० वटा अक्सिमिटर उपलब्ध गराएको छ ।

फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लगायतलाई हौसल्ला प्रदान गर्न यसरि सहयोग गरिएको अध्यक्ष जीवन न्यौपानेले बताएका छन्। पहिलो चरणमा संस्थाले १०० वटा अक्सिजन सिलिन्डर भर्नको निम्ति आर्थिक सहयोग गरेको थियो। २० वटाभन्दा बढि देशमा रहेका एनसीसी संग समन्वय गरि आइसिसिले स्याङ्जामा विभिन्न घटनामा राहत वितरणको काम गरिरहेको छ ।

विश्व नै कोभिडको कारणले आक्रान्त बनेको अवस्थामा विदेशमा बसेर पनि आफ्नो मात्रिभुमि प्रती गरेको सहयोगले आफुहरुलाई हौसला बढाएकोले सहयोगी सबैलाई आशिर्वाद र पुण्य मिल्नेछु, वालीङ नगरपालिका प्रमुख दिलिप प्रताप खांडले भने।

यस्तै कालिगण्डकी गाउपालिका प्रमुख खिम थापाले विदेशमा अध्ययन र कामको सिलसिलामा गएपनि जिल्लामा केहि घटना हुनेबित्तिकै सम्झेर सहयोग गर्न तत्पर रहने क्रियाकलापले आफुलाई खुशी लागेको भन्दै संस्थाको मुक्तकण्ठले प्रशंसा गरेका छन्। यस अभियानमा अस्ट्रेलिया, जापान, स्पेन, कतार, युके, साउदी/अरब, दक्षिण(कोरिया, बेल्जियम, युएइ, र कुवेतमा रहेका स्याङ्जा सहयोग समाज अन्तर्गतका संस्थाहरुको संस्थागत सहयोग रहेको थियो भने केहि देशहरुबाट व्यक्तिगत सहयोग समेत प्राप्त भएको थियो।