१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुवै डोज खोप लगाएकाले युरोकपका खेल रंगशालामै हेर्न पाउने


0
Shares

एजेन्सी । इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु दर्शकले रंगशालामै बसेर हेर्न पाउने भएका छन् ।

यूईएफएले र खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ ।

तर, खोप पासपोर्ट भएका ११ वर्ष माथिका समर्थकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिइने भएको छ ।

यस्तै दुवै डोज खोप लगाएको र खेल भन्दा १४ दिन अघि लगाएको हुनु पर्नेछ ।

कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

वेम्बलीमा समूह ‘डी’ को खेलहरु हुनेछ । इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग खेल्नेछ ।

वेम्बलीमा युरोको फाइनल खेल समेत हुनेछ ।