१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलम्पिकमा शरणार्थी खेलाडी सहभागी हुने


0
Shares

एजेन्सी । जापानमा हुने टोकियो ओलम्पिकअन्र्तगत १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभािगता जनाउने भएका हुन् ।

विभिन्न देश छोडेर अर्को देशमा गएर बसेका त्यस्ता खेलाडीलाई आइओसीले सन् २०१६ को रियो ओलम्पिकबाट सहभागिता गराउने नियम बनाएको हो ।

२०१६ मा शरणार्थी कोटामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो पटक सो संख्या बढेर २९ पुगेको हो ।

आइओसीको झण्डामुनी प्रतिस्पर्धा गर्ने खेलाडीमा इरान, दक्षिण सुडान, अफगानिस्तान, सिरिया र इरिट्रिया देशका रहेका छन् ।

खेलकुदमा सम्भावना भएपनि विभिन्न कारणले अर्को देशमा गएकालाई आइओसीले शरणार्थी कोटामा राखेको हो ।

जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकका दुई खेल बेसबल र फुटबल उद्घाटनको तीन दिन अगाडीबाट सुरु हुनेछन् ।

यो पटकको टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष सारेर जुलाई र अगष्टमा गर्ने तय भएको हो ।