ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै • Image Khabar Image Khabar


ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार ०९:०३

ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको आज बिहान मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मेची अस्पताल झापामा मृत्यु भएको हो ।

छोराहरु दिनानाथ र पवन सापकोटाको मेची अस्पताल झापामै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्