२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


योगेश भट्टराईले भने, `पार्टी एकताको समस्याको मुल जड ओली, नेपाल र खनाल हुन्`


0
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, भलनाथ खनाल, माधव नेपाल भएको आरोप लगाउनु भएको छ ।

उहाँले ओली, खनाल र नेपालले एक अर्काको अस्तित्व स्विकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताउनु भएको हो ।

आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईले बताउनुभयोे ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुनाले पार्टी एकता हुन नसकेको जिकिर गर्नुभयो ।

त्यस्तै भट्टराइले झलनाथ खनाल र माधव नेपाल अध्यक्ष ओलीसँग छलफल र सहकार्य गर्न तयार नहुने तर शेर बहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भएकाले पार्टी एकता हुन नसकेको बताउनुभयो ।

उहाँले कस्ले, किन र के कालागि गर्दैछ यो सब भन्दै प्रश्नसमेत गर्नुभएको छ ।

`यस बिषयमा नेताहरुबीचमा गम्भिर छलफल हुन आवश्यक भएको छ, भट्टराईले भन्नुभयो, साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।`