२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


0
Shares

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको उपरदाङ्ग गढीबाट शक्तिखोर आउँदै गरेको मोटरसाइकल सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक फत्तेबहादुर मगरको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।