आजदेखि हरेक बुधबार श्रम स्वीकृति दिने • Image Khabar Image Khabar


आजदेखि हरेक बुधबार श्रम स्वीकृति दिने


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार ११:२६

आजदेखि हरेक बुधबार श्रम स्वीकृति दिने

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ वैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो ।

यसैबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्