
मोरङ । मोरङको बिराटनगरका मुस्लिम युवाहरुले लामो लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सुरक्षा सामाग्री पुर्याएका छन् ।
लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगद, खाद्यान्न चामल, दाल, तेल, नुनसहित दैनिक उपभोग्य सामाग्रि घर–घरमा पुर्याएको नेपाल यार्दिमेली इन्टरनेशनल ह्युम्यानेटेरियन एण्ड एशोसियसनका अध्यक्ष इमरान खानले बताउनुभयो ।
नेपाल यार्दिमेली इन्टरनेशनल ह्युम्यानेटेरियन एण्ड एशोसियसन मार्फत बिराटनगरको हरिनगर गाउँपालिका घुस्किममा रहेका असहाय बालबालिकालाई उनीहरुले पाठ्यपुस्तक र कपिको जोहो गर्न नगद रुपैयासमेत बितरण गरेका हुन् ।
कम्पनिका प्रमुख डाक्टर जहिर आलमले कोहि पनि भोकमरीको चपेटामा पर्न नपरोस भन्ने उद्धेश्यले निरुन्तर रुपमा काम गरी रहेको बताउनुभयो ।
निषेधाज्ञाका कारण बिराटनगरको दुर्गम क्षेत्रमा ज्याला मजदुरी गर्ने सर्वसाधरण भोकभोकै पर्ने अवस्था रहेको छ ।
दुर्गम क्षेत्र भएकाले स्थानीय तहलेसमेत ध्यान दिन नसकेको कारण मस्लिम युवाहरुले संयुक्त रुपमा अतिआवश्यक खाद्य सामाग्री घरदैलोमा बितरण गरेको अभियान्ता मोहम्मद कलामले जानकारी दिनुभयो ।
अति बिपन्न समूदायलाई उनीहरुले प्रति परिवार २५ केजी चामल, दाल, र आवश्यक नगदसमेत सहयोग गरेकाछन् । जसले गर्दा केहि महिनाकालागि भएपनि यस क्षेत्रका सर्वसाधरणको भोकमरी टरेको छ ।
प्रतिक्रिया दिनुहोस्