२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सांग्रिला होटलद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


0
Shares

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सांग्रिला होटलले विभिन्न अस्पतललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोना महामारी विरुद्धको लडाइमा सहयोग गरेको जनाएको छ ।

सांग्रिलाले विपी स्मति सामुदायिक सहकारी अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, हेल्पिङ हेण्ड्स र नेपाल वरिष्ठ समाजलगायतका स्वास्थ्य संस्थालाई सेनिटाइजर, मास्क, पन्जा, अक्सिजन कन्सन्ट्रेटरलगायतका विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

होटलका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले महामारीमा आफूहरुले गरेको सहयोग संक्रमितहरुको उपचारमा सहज हुने विस्वास लिएको बताउनुभयो ।

उहाँले सबैको सामुहिक प्रयासमा कोरोना महामारी चाँडै नै नियन्त्रणमा ल्याएर आम मानिसको दैनिकी सहज बन्नेमा आफू आशावादी रहेकोसमेत बताउनुभयो ।