१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र प्रधानमन्त्रीलाई सरकार बन्न सक्ने आधार नभएकाे निर्णय गर्ने अधिकार कहाँ छ- शम्भु थापा


0
Shares

Shambhu Thapa advocate

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्ने प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गर्नु भएको छ । निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्दै उहाँले यस्तो जिकिर गर्नु भएको हो ।

‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर आफैले निर्णय गर्ने अधिकार कहाँ छ ? प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार कसरी आयो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपति आफैले निर्णय गर्नु भएको छ । ५ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा अनि मात्र प्रतिनिधिसभा विघटन गर्न पाइन्छ।’

संविधानमा जे व्यवस्था राखिएको हुन्छ त्यो प्रयोगका लागि राखिएको उहाँले बताउनुभयो । १ सय ४६ जना सांसदहरु लाइन लागेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेरै रिट निवेदन दिएको अवस्थाले पनि विश्वासको मत रहे नरेको प्रष्ट हुने उहाँको भनाई छ।

उहाँले अध्यादेशबाट बजेट ल्याउनका लागि नै प्रतिनिधिसभा विघटन गरिएको जिकिर गर्नुभयो । ‘पहिलो कोभिडमा पनि विघटन दोस्रो लहर आउँदा पनि विघटन,’उहाँले भन्नुभयो,‘१४६ जना सांसदहरुको बहुमत सहित निवेदन परेकाले अन्तरिम आदेश जारी हुुनुपर्छ।’