१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मदिरा बेच्दै कोभिड संक्रमित, १ सय २० लिटर नष्ट


0
Shares

काभ्रे । नमोबुद्ध नगरपालिकामा कोभिड–१९ पोजेटिभ भएका व्यक्तिबाटै अवैध रूपमा घरेलु मदिरा बिक्री वितरण भएको पाइएको छ ।

नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।

संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोलीले १ सय २० लिटर घरेलु मदिरा नष्ट गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो ।

मदिरा बिक्री गर्ने परिवारका सदस्यलाई अवैधानिक कार्य नगर्ने चेतावनीसहित छाडिएको प्रहरीले जनाएको छ ।