
धनकुटा । कोभिड–१९ संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले असार ३ गते सम्म निषेधाज्ञा थप गरेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।
निषेधाज्ञामा खाद्यान्न एवं अत्यावश्यकीय सेवालका पसलहरू बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने छ भने बैंक तथा वित्तीय संस्थालाई हप्ताको ४ दिन बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खोल्न दिइएको छ ।
धनकुटाकका अझै ४ सय ८१ जना सक्रिय कोभिड संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्