२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेह्रथुम अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टद्धारा १५ लाखको सहयोग


0
Shares

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पताललाई गोर्खा वेलफेयर ट्रष्ट नेपालले करिब साढे १५ लाखभन्दा धेरैको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड–१ दोस्रो लहरको महामारी रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले अस्पताललाई १५ लाख ४२ हजार रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको गोर्खा वेलफेयर ट्रष्ट जिरिखिम्तीका प्रमुख गोविन्द कन्दङवाले बताउनुभयो । स्वास्थ्य सामाग्रीहरु जिल्ला समन्वय समितिका प्रमुख शिव प्रसाद ढुंगानालाई हस्तान्तरण गरिएको थियो ।

कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।