१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्माणाधीन पुलको खाडलमा डुबेर एक जनाको मृत्यु


0
Shares

अर्घाखाँची । सन्धिखर्कमा पानीको खाडलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ का ४८ वर्षीय कुलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निर्माणाधीन पक्की पुल नजिकै रहेको खाडलमा जम्मा भएको पानीमा नुहाउने क्रममा डुबेर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।