
नविन सिंह
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।
नेपाली कांग्रेसलाई तीन र माओवादी केन्द्रलाई दुई मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । नियुक्त हुनुभएका मन्त्रीहरूको शपथग्रहण आजै साँझ साढे ७ बजे हुने मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा उर्जा र वीरेन्द्र सिहंलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ ।
यस्तै माओवादी केन्द्रबाट भरतप्रसाद साह र जगत यादव सरकारमा सहभागी हुँदै हुनुहुन्छ । उहाँहरूलाई दिइने मन्त्रालयबारे टुङ्गो लागिनसकेको स्रोतको बतायो ।
प्रतिक्रिया दिनुहोस्