
मानबहादुर वली
सुर्खेत । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ ।
बुधबार बसेको आठौं अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसद्ले उभिएर विरोध जनाएपछि बैठक चल्न नसकेको हो ।
एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको हो । यसबिषयमा बुधबार बसेको सर्वदलिय बैठक समेत निष्कर्षविहीन बनेको थियो ।
मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।
हरेक बैठकमा अवरोध नगर्न आग्रह गर्दै सभामुख राजबहादुर शाहीले बैठक अघि बढ्न नसकेपछि आधा घण्टाका लागि भन्दै बैठक स्थगित गर्नुभएको थियो ।
त्यसअघि बुधबार बैठकमा बोल्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्