देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव, कस्तो हुन्छ रातको मौसम ? • Image Khabar Image Khabar


देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव, कस्तो हुन्छ रातको मौसम ?


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार २०:३१

देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव, कस्तो हुन्छ रातको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

मिश्रित प्रभावका कारण देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली भइ प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै राति आंशिक देखि सामान्य बदली भइ देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्