
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ ।
हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।
पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो ।
ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्