१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मैत्रीपूर्ण खेलमा पोर्चुगलसँग इजरायल ४–० ले पराजित


0
Shares

एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ ।

युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गएराति भएको खेलमा पोर्चुगलले इजरायलमाथि ४–० को सहज जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक–एक गोल गरे ।

४२औं मिनेटमा फेर्नान्डेसले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । ४४औं मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे ।

क्यानसेलोले ८६ औं मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात ९१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४–० को जित दर्ता गर्न सफल भएको हो ।

पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।