
विराज रोस्यारा
कैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ ।
कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको हाराहारीमा नेपालीहरू भारत जान थालेका हुन् ।
भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसाय लगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेपनि नेपालीहरु रोजगारीकालागि भारत जाने क्रम रोकीएको छैन ।
झण्डै दुई महिना पहिला भारतमा कोरोना बढेर निषेधाज्ञा जारी गरिएसँगै नेपाल फर्किएका नेपालीहरू अहिले स्वदेशमा खाना लाउनको समस्या हुन थालेपछि धमाधम भारत फर्किरहेका हुन ।
ती मध्ये कति नेपालीहरू भारतमा साहुले बोलाएर फर्किरहेका छन भने, कति नेपाली केही न केही काम गरेर जीविकोपार्जन गरौँला भन्ने आशा बोकी भारत पलायन भैइरहेका छन ।
भारतमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी आएको देखिएपनि जोखिम कायमै रहेको छ । तर नेपालीहरू रोजगारीका लागि जाने भारतका अन्य राज्यहरूमा भने निषेधाज्ञा अझै जारी नै छ ।
सरकारले स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न सके बाहिर जानुपर्ने बाध्यता हट्ने अधिकास भारतमा रोजगारीका लागि पस्नेहरुको भनाई छ ।
चैत देखि जेठ महिनाको हालसम्म ५३ हजार ३ जना बढी गौरीफन्टा नाका भएर स्वदेश भित्रीएका थिए । त्यसमध्ये हाल सम्म १९ हजार भन्दा बढी पुनः भारत गएको त्रिनगरनाका हेल्थ डेक्सका इन्र्चाज गणेश बहादुर साउँदले जानकारी गराउनुभएको छ ।
कोरोना महामारीका कारण एकातिर रोगको त्रास छ भने, अक्रोतिर भोकको चिन्ता छ ।
त्यसैले जोखिम मोलेरै भएपनि पेट र परिवार पाल्नका लागि भारत जानुपर्ने नेपालीहरूको बाध्यता कायम छ ।
प्रदेश सरकारले युवा लक्षित रोजगारीका कार्यक्रमहरू सृजना गरी यी र यस्ता बाध्यताको अन्त्य गर्न जरूरी छ । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्