२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संक्रमितको उपचारका लागि अस्पतालहरुले लिइरहेको शुल्कका विषयमा अनुगमन गर्न आग्रह


0
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका लागि अस्पतालहरुले लिइरहेको सेवा शुल्कका विषयमा अनुगमन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरेको छ ।

सरकारले तोकेको दररेट अनुसार निजी अस्पतालले सेवा दिए नदिएको बारेमा अनुगमन गर्न मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो ।

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै कोरोना संक्रमितहरुको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्यको लागि ३५ सय, मध्यमका लागि ७ हजार र गम्भीर विरामीका लागि १५ हजार प्रति दिनका हिसाबले भए नभएको अनुगमन गर्ने निर्णय भएको मन्त्रालयका सह प्रवक्ता समिर कुमार आधिकारीले बताउनुभयो ।

कुनै विरामीले आफ्नौ खर्चमा उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दरमा ५० प्रतिशत थप गरि शुल्क लिनसक्ने व्यवस्था सरकारले गरेको छ ।

तर केही अस्पतालहरुले भने तोकिएभन्दा बढी सेवा शुल्क लिइरहेको पाइएकाले अनुगमनको तयारी सरकारले गरेको हो ।

तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा कारवाही गर्न पनि मन्त्रालयले भनेको छ ।