१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको घटना घटनास्थलमै मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका ९ को डेभा बाट बसन्त पानी जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप च्यान्डाँडामा दुर्घटना हुँदा भुमिकास्थान ९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो।

जिपमा चालक मात्र रहेको र सडकबाट करिब ४० मिटर तल खसेको छ।