१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सूर्योदय नगरपालिकाले ल्यायो कोरोनामा चिया टिप्ने मापदण्ड


0
Shares

इलाम । कोरोना जोखिमको अवस्थामा चिया क्षेत्र सञ्चालनका लागि इलामको सूर्योदय नगरपालिकाले मापदण्ड तयार पारेको छ ।

हरियो चियापत्ती टिप्दा न्यूनतम ३ मिटर दूरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग गर्नु पर्ने नियम बनाइएको छ ।

त्यसैगरी चिया खाजाको व्यवस्था घरबाटै गर्ने, ५ बजेभित्र उद्योगसम्म पु¥याउनु पर्ने, १÷१ घण्टामा साबुन पानीले अनिवार्य हात धुनु पर्ने र एउटा बोरामा अधिकतम ३० केजी भन्दा बढी ढुवानी गर्न नपाउने मापदण्ड बनाइएको छ ।

नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिहरुको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो ।

यता उद्योगीहरुको भने चिया बिक्री नहुँदा किसानहरुको हरियो पत्तीको मूल्य दिन समस्या हुने गरेको गुनासो छ ।

नेपाली तयारी चियाको ८५ प्रतिशत बजार भारत हो । अहिले कोरोनाको संक्रमणका कारण नेपाली उत्पादन भारततर्फ निर्यात हुन सकेको छैन ।