जनकपुरमा पतिको दीर्घायुका लागि बटसावित्री पर्व मनाइँदै • Image Khabar Image Khabar


जनकपुरमा पतिको दीर्घायुका लागि बटसावित्री पर्व मनाइँदै


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार १२:५६

जनकपुरमा पतिको दीर्घायुका लागि बटसावित्री पर्व मनाइँदै

जनकपुर । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहित महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाइरहेका छन् ।

जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै वरको रुखमा जलाभिषेक गरी निराहार उपवास बसी मनाइने बटसावित्री पर्व यसवर्ष कोरोना महामारीका अधिकांश महिलाहरु वरको रुखमा नगई घरमै मनाइ रहेका छन् ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखा खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बस्ने गर्दछन् ।

आफ्नो बस्ती नजिकको वर वृक्ष फेदमा व्रतालुु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेश्वरसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्