
विनोद सिंह विष्ट
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुगेको छ ।
बुधबार साँझदेखि परेको अविरल वर्षापछि बिहान आएको बाढीले स्थानीयहरूका घरमा क्षति पुर्याएको अड्तोला र बैता गाउँमा रहेका १ दर्जन बढी घरमा क्षति पुर्याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘खोलाको बाढीले यहाँका १ दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर सबै बस्ती पसेको हो ,अहिले पनि बस्ती जोखिममा रहेको छ ।’
बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।
वर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक, नारायणप्रसाद अधिकारीले भने प्रहरी टोली घटनास्थलतर्फ गएको र मानविय क्षति नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्