
प्रदीप पौडेल
पोखरा । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार हुने बैठकमा विश्वासको मत नपाउने निश्चित भएको छ ।
गण्डकी प्रदेशसभामा रहेका ५ दल मध्ये ४ दल मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् । गण्डकी प्रदेश सभामा विश्वासको मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका छन् ।
विश्वासको मत पाउन ३१ सांसदको मत आवश्यक हुन्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद् छन् । गुरुङको पक्षमा २७ सांसद् भएको एमाले मात्र उभिएको छ । गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ हिजो साँझ देखि नै सम्पर्कविहीन छन् । उनी प्रदेशसभामा पनि उपस्थित छैनन् ।
नयाँ सरकार बनाउन नेपाली कांग्रेसलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भनेका जनमोर्चाका कृष्ण थापाले तटस्थ बस्ने घोषणा गरिसकेका छन् ।
यस्तो अवस्थामा गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जसपाका २ र राजमोका २ गरी ३० जना देखिएका छन् । यही गणित कायम रहेमा गुरुङले विश्वासको मत नपाउने निश्चित छ ।
राष्ट्रिय सभागृहमा रहेको संसद् भवनमा केहीबेरमा मतदान प्रक्रिया सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्