
बागलुङ । वर्षाका कारण घरमाथिदेखि भलसहितको बाढी आउँदा बागलुङको बडिगाड गाउँपालिका–७ टुनिबोटका आठ घर परिवार विस्थापित भएका छन् ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।
बाढीले स्थानीय मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई, नवीन दमाई, गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङको घरमा क्षति पु¥याएको अध्यक्ष गुरुङले बताउनुभयो ।

घरमाथिदेखि आएको बाढीले घरमा बस्नै नमिल्ने गरी क्षति पु¥याएपछि उनीहरू घर छोडेर आफन्त तथा गाउँलेकोमा आश्रय लिन पुगेका छन् ।
केही समय अगाडी भित्रेनी गोथान मोटरबाटो उपभोक्त समितिले लापरवाही रुपमा सडक निर्माण गर्दा अहिले यो समस्या आई परेको अध्यक्ष गुरुङको भनाइ छ ।
भलसहितको बाढीले खानेपानी पाइप, धारा, शौचालयमा क्षति पु¥याउनुका साथै भिमगिठे–रणसिङकिटेनी मोटरबाटो समेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्