१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख सापकोटाले बोलाए शीर्ष नेताको बैठक, ओली जाने नजाने अनिश्चित


0
Shares

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुको बैठक आव्हान गर्नुभएको छ ।

सभामुखको सचिवालयका अनुसार शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ ।

बैठक आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली बैठकमा जाने नजाने भन्नेबारे भने टुङ्गो लागेको छैन ।