८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘एनटीसी’द्वारा सातै प्रदेशका प्रमुख सहरमा सहुलियतमा फोरजी सिम वितरण


0
Shares

काठमाडौं, कात्तिक २४ । नेपाल टेलिकमले देशका सातै प्रदेशका प्रमुख सहरहरुमा सहुलियतमा फोरजी सिम वितरण गरेको छ ।

टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका प्रमुख सहरहरुमा सहुलियतमा फोरजी सिम वितरण गर्दै परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानकोरुपमा सन्चालन गरिरहेको जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत् बिर्तामोड, वीरगन्ज र चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण एवं प्रवर्द्धनात्मक कार्य सम्पन्न भएको जनाइएको छ ।

आगामी दिनमा नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर र पोखरामा कार्यक्रम गरिने टेलिकमले जनाएको छ ।

यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २०० एमबी डाटा बोनससहित फोरजी सिम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।