१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गाउँमै सहकारी पुगेपछि तेह्रथुमका किसानहरु दुध बेचेर आत्मनिर्भर बन्दै


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । तेह्रथुमका पशुपालक कृषकहरु दुध बिक्रिबाट आम्दानी गर्न थालेका छन् । दुध उत्पादन गरेर पनि बजारको अभाव झेलिरहेका पश्चिमी क्षेत्रका कृषकहरु गाउँमै सहकारी स्थापना भएपछि दुध बिक्रीबाटै आत्मानिर्भर बन्न थालेका हुन् ।

गाउँ–गाउँमा स्थापना भएका सहकारीले कृषकले उत्पादन गरेको दुध संकलन गरि बिक्री गरिदिएपछि यहाँका किसानहरु दुग्ध उत्पादन क्षेत्रमा व्यावसायिक रुपले लाग्न थालेका छन् ।

गाउँमै स्थापना भएको सहकारी संस्थाले दुध संकलन केन्द्र सुरु गरेपछी तेह्रथुमको छथर गाउँपालिकाका किसानहरुकोे जीवनस्तर दुध बिक्रीबाटै फेरिन थालेको छ ।

छथरको फाक्चामारामा सिंहदेवी पशुपालन सहकारी संस्थाले दुध संकलन केन्द्र सञ्चालन सुरु गरेपछि किसानहरु दुग्ध उत्पादन क्षेत्रमा उत्साहित बनेका छन् ।

कृषकहरुले लामो समयदेखि गाउँमै सहकारी खोल्न माग गर्दे आएका थिए । दुध संकलन केन्द्र स्थापनापछि यहाँको दुधले बजार पाउन थालेको छ ।

गाउँ नजिकै दुध संकलन केन्द्र र डेरी नहुँदा यहाँ उत्पादन भएको दुध धनकुटाको सिधुवा बजार पु¥याउनु पर्ने बाध्यता थियो ।

दुध संकलन केन्द्र सुचारु भएपछी किसानले ईलामबाट युवा स्वरोजगार कार्यक्रम मार्फत सहुलियत ब्याजमा ऋण लिएर उन्नत जातको गाई भित्र्याएका हुन् ।

लोकल गाईभैसी मात्रै पाल्दै आएका किसानले दुध बिक्री हुन थालेपछी उन्नत जातका गाई खरिद गरेर व्यावसायिक पशुपालन गर्न थालेको स्थानीयबासी त्रीलोचन भट्टराईको भनाई छ ।

सहकारी संस्थाले यहाँका किसानको जीवनस्तर उकास्नका लागी विभिन्न निकायसँग साझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसबर्ष मात्रै प्रदेश सरकार भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट २५ लाख रुपैयाँ, संस्थाको ८ लाख ३९ हजार रुपैयागरी ३३ लाख ३९ हजार रुपैया लागनीमा व्यावसायिक पशुपालन कार्यक्रम सञ्चालन गरिएको हो ।

किसानहरुको जीवनस्तर उकास्न सहकारी मार्फत विभिन्न सामाग्रीहरु प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सुर्य कार्कीले बताउनु भयो ।

पछिल्लो समय दुध बिक्री नै यहाँका किसानहरुको मुख्य आम्दानीको श्रोत बनेको छ । यहाँका किसानले दैनिक ७ लिटरदेखी १८ लिटरसम्म दुध उत्पादन गर्दै आएका छन ।

यहाँका किसानहरुले दुध उत्पादनकै लागि उन्नत जातका गाई होलेष्टेन,जर्सी र पाटु लगायतका पाल्दै आएका छन ।

त्यसैले पशुपालक किसानले गरेको मेहनतलाई खेरजान नदिन सरकारले सहयोग गर्नु पर्ने देखिन्छ । (भिडियो हेर्नुहोस्)