
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले अदालतको निर्णयप्रति कटाक्ष व्यक्त गर्दै एकै माघले जाडो नजाने बताउनु भएको छ ।
नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्च अदालतले खारेज गरिदिएपछि थापाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिनु भएको हो ।
उहाँले लेख्नुभएको छ, `नेपालकाे राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकाे छ। अदालतकाे फैसला त्यसैअनुरूप हुनुपर्छ। पक्षका वकिलकाे छनाेटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै हाेसनै गुमाउने व्यवहार गलत हाे। एकै माघले जाडाे त जाँदैन।`
प्रतिनिधिसभा विघटन गरेपछि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो ।
नेपालकाे राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकाे छ। अदालतकाे फैसला त्यसैअनुरूप हुनुपर्छ। पक्षका वकिलकाे छनाेटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै हाेसनै गुमाउने व्यवहार गलत हाे। एकै माघले जाडाे त जाँदैन।
— Surya Thapa (@ThapajiSurya) June 11, 2021
प्रतिक्रिया दिनुहोस्