१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नदाललाई हराउँदै जोकोभिच फ्रेन्च ओपन टेनिसका फाईनलमा


0
Shares

एजेन्सी । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता रफाइल नदाललाई हराउँदै जोकोभिच फाईनलमा पुगेका हुन् ।

शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नदाललाई ३–६, ६–३, ७–६ र ६–२ को सेटमा पराजित गरे ।

क्ले कोर्टको सम्राट मानिने नदालमाथि जित निकाल्न जोकोभिचले ४ घण्टा बढी समय कोर्टमा खर्चिए ।

हारसँगै नदालको भने किर्तीमानी २१ औं ग्राण्ड स्लाम जित्ने संभावना तत्कालका लागि टरेको छ । नदाल १३ पटकको फ्रेन्च ओपन च्याम्पियन हुन् ।

जोकोभिचले एक पटक उपाधि जितेका छन् । अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सीपाससँग खेल्ने छन् ।

सेमिफाईनलमा जर्मनीका एलेक्जेन्डर भेरेभलाई हराउँदै सित्सीपास फाइनलमा पुगेका हुन् ।