
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक डाक्नु भएको हो ।
पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा भदौंमा जुनसुकै हालतमा महाधिवेशन गर्नेगरि कार्यतालिकामा हेरफेर गर्ने तयारीमा देउवा लाग्नुभएको छ । वर्तमान कार्यतालिका अनुसार असार ५ बाट वडा अधिवेसन गर्नुपर्ने वाध्यता कांग्रेसलाई छ ।
तर महाधिवेसन मेरुदण्ड क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगोमा पु¥याउन सकेको छैन भने सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन ।
सहमहामन्त्री डाक्टर महतका अनुसार भोलिको पदाधीकारी बैठकमा भदौं ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरि कार्यतालिका हेरफेरमा प्रारम्भीक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने तयारी सभापति देउवाको छ ।
यस्तै बैठकमा दलिय गठबन्धनको उपलब्धिको समीक्षा तथा समग्र राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्