
तस्विर फाइल
एजेन्सी । चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ ।
लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई काेराेनाविरुद्धको चिनियाँ खोप लगाइएको हो ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ पिनले हिजो नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।
यस बाहेक चीन सरकारले हालसम्म आफ्नो मुलुकमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई चिनियाँ खोप लगाएको छ ।
चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेर मापदण्ड पूरा गरेका थप विदेशीहरूलाई पनि चिनियाँ खोप लगाउने योजना छ।
प्रतिक्रिया दिनुहोस्