१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस : नेपालमा जोखिमयुक्त बालश्रमको अवस्था नघट्नु चिन्ताजनक


0
Shares

काठमाडौं । आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । बालश्रम रोकथाम तथा बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइदैँछ ।

नेपालमा पनि कोरोना महामारीको बीच भर्चुअल माध्यमबाटै भएपनि विभिन्न कार्यक्रम आयोजना गरिदैछ। नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ ।

बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । तर सरकारी नीति र योजनामा जे जस्ता कुराहरु उल्लेख गरिएपनि मुलुकमा जोखिमयुक्त बालश्रम घटेको छैन ।

केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेका छन् । उनीहरुमध्ये अधिकांश अत्यन्तै जोखिमयुक्त अवस्थामा कार्यरत छन् ।