
फाइल तस्वीर
बाग्लुङ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको काम धमाधम काम भइरहेको छ ।
पाँच वर्ष अघि कालोपत्रे गर्ने भनिएको जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिन यता धमाधम काम भइरहेको हो ।
ट्रयाक खुलेको २५ वर्षपछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ ।
बागलुङ जिल्लाको दुर्गम क्षेत्रमा कालोपत्रे भइसक्दापनि लोकमार्गको सदरमुकाम खण्डमा काम हुन सकेको थिएन तर अहिले निरन्तर काम भइरहेको आयोजनाले बताएको छ ।
कोरोना कहरमा समेत सरकारले ठूला विकासे आयोजनालाई निरन्तरता दिने भने पछि लोकमार्गमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर धमाधम काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्