२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काभिड १९ महामारीले ल्याएको जस्तो क्षति हुन नदिने जी सेभेन नेताहरुको प्रतिवद्धता


0
Shares

एजेन्सी । धनी देशहरूको समूह जी–सेभेनका नेताहरूले कोभिड–१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन् ।

बेलायतमा भइरहेको जी–सेभेन सम्मेलनको दोस्रो दिन उनीहरुले एउटा घोषणापत्र जारी गर्र्दैछन् । जसमा उक्तउद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन् ।

खोपहरू विकास गर्न आवश्यक समयावधीलाई झार्नेजी सेभेनको लक्ष्य रहेको छ । शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुध्न आग्रह गर्नुभएको थियो ।

बेलायतले आफुसंग भएको १० करोड भन्दा बढी खोप अनुदान दिने तयारी गरेको छ भने अमेरिकाले विश्वका लागि ५० करोड खोपको मात्रा खरिद गर्ने भएको छ ।