‘भारतीय राजदूतसित स्पष्टीकरण लिनुपर्छ’

news

काठमाडौं, कात्तिक २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले हालसम्मका कुनैपनि सरकारले सीमा विवादका सम्बन्धमा चासो नदेखाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतले कालापानीलाई आफ्नो नक्साबाट हटाउने नदेखिएको भन्दै यसबारे नेपालले तत्काल कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव दिए ।

अध्यक्ष राणाले विदेशी चलखेलको आधारमा नेपालको हिन्दुराष्ट्रको पहिचान हटाइएको र यस विषयमा नेपाली जनताले आफ्नो मतसमेत राख्न नपाएको धारणा राखे ।

‘स्पष्टीकरण लिनुपर्छ’

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लेखराज भट्टले भारतले प्रकाशन गरेको नयाँ नक्साबारे नेपाल सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार राष्ट्रियताको सवालमा चुक्दै गइरहेको टिप्पणी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...