१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धनकुटामा निषेधाज्ञा उल्लंघन गर्नेबाट ३२ हजार ८ सय राजश्व संकलन


0
Shares

धनकुटा । संक्रामक रोग ऐन २०२० र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम नगद जरिवाना गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रसाशन कार्यालय धनकुटाले जारी गरेको निषेधाज्ञाका क्रममा स्वास्थ्य मापदण्ड विपरीत हिड्ने र निषेधाज्ञा उल्लंघन गनेलाई गरिएको कारबाहीबाट ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

निषेधाज्ञा अवधिमा ९० जना पैदल यात्रु र ६० वटा सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरीका अनुसार सोही अवधिमा ४ हजार १२ जना पैदल यात्रु र २ हजार ६५ सवारी चालकलाई सम्झाइ बुझाई छाडिएको छ ।