
काठमाडौं । ‘शिल्प कलाकारिताको प्रतिबिम्ब’ शिर्षकमा अनलाइन भर्चुअल कला प्रदर्शनी सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रदर्शनीमा नेपाली कलाकारहरूको बनाएका परम्परागत र समकालीन २१ वटा मूर्तिहरू राखिएको छ ।
जेठ २२ गते कोभिडबाट मृत्यु भएका आधुनिक अरनिको मानिएका स्वर्गीय राज कुमार शाक्य, अनिल शाक्य, सुमन शाक्य, दुर्गा माली र तारा ओझा लगायतका मूर्तिकारहरूको मूर्ति पनि राखिएको म्युजियम एफ नेपाली आर्ट(मोना)ले जनाएको छ ।
नेपाली मूर्तिकला विश्व स्तरीय मानिने भएकाले विश्वसामु लैजान भर्चुअल कला प्रदर्शनी गरिएको मोनाको भनाइ छ । संसार भरिका संग्रहालयहरू र ग्यालरीहरूले नेपाली कलालाई उत्कृष्टताको रूपमा प्रदर्शन गर्ने गरेको उसले जनाएको छ ।
नेपाली मूर्तिकला, लिच्छवी कालको अवधिमा विकास भएको इतिहासकारहरू मानन्छन् ।
प्रतिक्रिया दिनुहोस्