२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सिन्धुलीमा मकैखेत फस्टायो


0
Shares

सिन्धुली । समयमै पर्याप्त वर्षा भएपछि दुधौली नगरपालिकामा मकैखेती फस्टाएको छ ।

कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भएर पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

मकै खेतीका लागि नगरपालिकाले कृषकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेपछि कृषकहरू मकैखेतीप्रति आकर्षित भएका हुन् । परम्परागतभन्दा हाइब्रिड जातको हिँउदे मकै खेती गर्दा कृषकहरूलाई फाइदा पुगेको छ ।

सिन्धुलीका कमलाखोच क्षेत्रका टांडी, सिथौली, हत्पते, दुधौलीलगायतका विभिन्न स्थानहरुमा हिउँदे मकै खेती गरिएको छ ।